हरेक मानिसहरुले आफू सुन्दर हुने आशा लिएका हुन्छन् भने धेरै मानिसहरुलाई गहना लगाउन निकै मन पर्ने पनि हुन्छ। विशेष गरी गहना नलगाउने महिलाहरुले धेरै थोरै हुन्छन् । गहनाले मानिसलाई सुन्दर पार्नुका साथै मनस्थिति पनि खुशी गरिदिन्छ । यसो हुंदा हुंदै पनि केही मानिसहरुलाई गहना लाएपछि छाला चिलाउंने रोग पनि देखा पर्छ ।
केही गहनाको गुणस्तर कमसल भएको वा धेरै दिनसम्म लाएर सफा नगरिएकाले पनि यस किसिमको गहना लाएमा छालाको रोग लाग्ने सम्भावना हुन्छ ।
एकः गहना लगाएर एलर्जीको कारण पैदा हुने चर्म रोग ।
केही गहनामा सुन चांदी बाहेक पालिस पनि लगाउने गरिन्छ। त्यस्तै क्रोमियम , पितल जस्ता अरु धातुहरु मिसाइएकोले पनि केही मानिसहरुलाई लाएपछि एलर्जी हुने सम्भावना हुन्छ । गहना लाएको ठाउंमा छाला चिलाउने , रातो हुने , टाटा देखिने , फोको देखा पर्ने , पिप जम्ने अवस्था देखा पर्छ । गहना लाएको ठाउंमा यस्तो अवस्था देखा परेमा अस्पतालको चर्म विभागमा जाँच गर्नुपर्छ। यदि गहना लाएको कारण एलर्जी भएमा तुरुन्तै यस्तो गहना फुकाल्नुपर्छ। सामान्यतः अकबरी सुन , चांदी , मोती र रत्नका गहना लाएमा एलर्जीको सम्भावना कम हुन्छ । कमसल धातुव्दारा बनाइएका गहना वा सुनमा शुगन्ध गरिएका गहना लाएमा एलर्जीको सम्भावना बढी हुन्छ ।
दुईः गहनाको रेडियो एक्टिभिटीबाट एलर्जी भएर छालाको रोग
अनुसन्धानको नतीजा अनुसार केही गहनामा गोबाल्ट , रेडिएम जस्ता रेडियो एक्टिभिटीका तत्वहरु हुन्छन् । केही प्राकृतिक रत्नमा पनि यस किसिमको तत्व हुन्छ । लामो समयसम्म छाला र रेडियो एक्टिभिटिका तत्वयुक्त वस्तुहरुसित छोएमा एलर्जी भएर छालाको रोग लाग्ने सम्भावना हुन्छ । यस किसिमको एलर्जी भएमा थकाइ लाग्ने , वाक वाक लाग्ने , टाउको दुख्ने , छाला दुख्ने र चिलाउने जस्ता बेसंचो हुने गर्दछ । गम्भिर रुपमा रक्त स्नायु तन्तु र पाचन प्रणालीलाई हानि गरिनेछ । अझ डर लाग्दो कुरा त के हो भने छालाको क्यान्सर ,स्तन ग्रन्थिको क्यान्सर । फोक्सोको क्यान्सर लाग्ने सम्भावना पनि हुन्छ । त्यसैले परिक्षण गरिएका राष्ट्रको मापदण्डमा पुग्ने सुन वा रत्न जडिएका गहना किन्नुपर्छ । अथवा रत्न वा पथर जडिएका गहना किनेपछि कम्तीमा एकवर्ष राखेपछि रेडियो एक्टिभिटीको स्तर कम भएपछि लाउनु बेस हुन्छ ।
तीनः छाला सुनिने वा पिप जम्ने छालाको रोग
केही केटीहरु फेशन गर्न मन पराउँदछन् । उनीहरुले नाक , कान नाभीमा केही प्वाल छेडेका हुन्छन् । ती प्वालहरुमा विभिन्न किसिमका गहना पनि लाएका छन् । ती गहना सफा नगरिकन फोहर मयल भएर किटाणुले छालाको रोग ल्याएको हुन्छ । यस किसिमको छालाको रोग लागेमा छाला दुख्छ , रातो हुन्छ , सुनिन्छ , पिप जम्छ , लिम्फाको गांठो सुनिन्छ। यस्तो अवस्था देखा परेमा समयमै अस्पतालमा उपचार गर्नुपर्छ । नेपालमा महिलाहरुले नाक र कान छेड्ने चलन छ । त्यसैले प्वाल छेड्दा अवश्य सफा सियो प्रयोग गर्नुपर्छ । दिनदिनै लाउने गहनाहरु समय समयमा सफा गर्नुपर्छ । राति सुत्दा गहना नलाउनु राम्रो हुन्छ। अझ विशेष गरी गर्मी याममा पसिना आएको कारण दिनदिनै गहना सफा गर्नु आवश्यक छ ।
No comments:
Post a Comment