----------------------------------
७० -८० जना कलिगद हरु काममा मस्त थिए / तराइमा भयेकोले होला सबै पाउजु उत्पादनमा तल्लिन थिए /
८-१० जनाको समुहमा कामदारहरु ब्यस्त थिए र करिबन ६/७ वोत सानो सानो कोठा हरुमा बिवाजित थिय
चाँदीको गरगहना देखि लिएर भंदाबर्तन सबै बन्दो रहेछ त्यो फ्याक्ट्रीमा , भनेको जस्तो अडेर बमोजिम बनाउन सक्ने जानकारी दिए
घाँटीमा लगाउने सिक्री २०-३० वोटा मसिनमा मा फरक फरक डिजाइन मा उत्पादन भइरहेको देखेर दंग परें अर्को कोठा मा आवस्यक सामग्री तयार भैरहेको थियो / निक्कै ब्यबस्थित ढंग ले सो उत्पादन स्वोदेशमै भएको देख्दा मन मा एक प्रकारको आननद आउनु स्वोभाभिक् नै थियो कारण भारत संग कम्पिटिशन गर्न सक्ने खालको उद्योग स्वोदेशमै संचालन भइ रहेको हुँदा ,कमसेकम स्वोदेशमा रोजगारी को बाताबरण त श्रीजना भयो र स्वोदेशी पैसा स्वोदेश मा नै रहने , रोजगारको लागि विदेश जानु नपर्ने भएको हुनाले भन्ने भनेर फेरि अर्को मन धुखी भयो कारण आफु नेवार भएको नाताले किनकि एक जमाना देखि यस उद्द्योगको बाहुल्यता उपत्यकाको नेवारहरुमा थियो र अहिले बिस्तारै यस उद्योगमा दक्छ्य जनशक्ति कमि हुँदै बिस्तारै ब्यबसाय परिबर्तन गरि रहेको अबस्था छन्
अब कुरा आयो यस उद्योग लाई उपत्यकामा बचाई राख्ने जिम्मा कस्को भन्ने
१. स्वोयम व्यवसायीको
२. संघ सस्थाको
३. सरकारी निकायको
४.या अन्यको
एकातिर पुर्खो देखि काम गर्दै आइ रहनु भएकाहरुले यावत कारणले पेसा बदली रहनु भएको छ भने अर्को तिर नया मित्र हरु यस पेसा तर्फ़ आकर्सित हुन्दैछन
एक तितो र मिठो अनुभव संगाल्दै , मनमा उब्जिएको प्रश्नको जवाफ खोज्दै सानो अनुभव यहा सामु पस्किए, यहालाई कस्तो लाग्छ दुइ शब्दा कोर्नु भए बेस हुने थियो
जुनी बज्र बज्राचार्य
महासचिब
ल ह संघ