नेपाल को व्यापारिक मेलामा स्वोदेश को माटोमा उत्पादित हस्तकला प्रमुख आकर्षण बन्दै आइरहेको छन् र एसको महोत्तो दिनानु दिन बर्दै आइराखेको देख्ना र सुन्नमा आएको देख्दा हामी हस्तकला विधामा लागिरहेको हरुलाई खुसि अनि गर्भ लाग्नु स्वाभाविक नै हो। सिक्काको दुइ पाटा भए जस्तै मेलामा अबलोकन कर्ताको पनि दुइ पाता रहेको हामीले महशुस गरेका छन्
एक > अबोलोकन कर्ता
दुइ > खरिदकर्ता
बर्षोंको मेहेनत लाग्ने हस्तकलाको प्रबन्धन गर्न र सके दुइ पैसा आम्दानी गर्नको निमित्त हामी प्रदर्सनी मा भाग लिन्छौं / अब्लोकंन कर्ताको प्रत्येक जिज्ञासाको उतर दिन्छौं /
अनि प्रति उत्तर मा प्रशंसा गरि आफ्नो मोबाइल / क्यामेरा मा आफ़ो मोडल बनि फोटो खिची लग्नु हुन्छ र अन्त्तातोगत्ता फुद्स्तल र बिदेशी उत्पादनको स्टलमा खरिद गरेर झोला भरेर जान्छन अनि मनको एक कुनामा प्रश्न उबिञ्छन ,कतै पुत्तो देखि चलिआएको हस्तकला स्वोदेसी मित्र हरुलाई इतिहासको कथा जस्तो पो लाग्दो हो कि जसरि इतिहासको कथा सुन्न र जान्न पाउँदा हामी येस्तो भएको रहेछ भन्ने थाहा पाएर रमाउने/ आनन्दित हुने गर्छौं
के अब हस्तकला शोपिस मात्रै रह्यो त , कसैको लागि आफ़ो अगाडी बसेर फोटो खिचाउने मोडल मात्रै भयो त ?
विभिन्न चरण को उच्च बर्गको छलफल,चियागफ,मा मात्रै नभई देशको प्रतिनिधि /पहिछन गर्रौन्दा सर्ब सदारण देखि उच्च तहका ब्यक्तित्तो/ रास्ट्रको तेश्रो आँखा प्रेस जगतले समेत हस्तकलाको महत्तोको प्रकाश पार्छन , केहि गर्न नसकेको,सम्बंदित निकायले चासो नदिएको बाक्य शब्द दोहोराउन थाक्दैन तर बास्तबमा भन्ने हो भने खास्सै गरेको या गर्न खोजेको आभास हुँदैन
हामी बिदेशी पाहुना /मायाको चिनो सभा ,समारोह मा प्रदान गर्दा हस्तकलाको उत्पादन त दिन्छौं त्यो पनि भारत र चीनको भुमि मा उत्पादन भएका र आफु नेपाली भएको मा गर्ब गर्छों
दोष कस्को मा भन्न सक्दिन सायद सतिले सरापेको देश भएको परिणाम हो कि जस्तो लाग्छ , हुन् त हामी एकाइसौं सब्ताब्दिमा छों यस्ता कुराको अर्थ लाग्छ लाग्दैन थाहा छैन
एक तिर प्रचुर सम्भाबना बोकेको छ अर्को तिर अबसर गुमिरहेको छ
स्वोदेशी पैसा बिदेशमा जम्मा भैरहेको छन्